निजी क्षेत्रलाई सरकारले सहयोग नगरेको

– निवर्तमान अध्यक्ष, जाम नेपाल

जोर्नालिष्ट एशोसियसन अफ अटोमोबाइल एण्ड मोबिलिटी (जाम नेपाल) का निवर्तमान अध्यक्ष उज्जल जंग शाहले यातायात देशको मेरुदण्ड भएको बताएका छन् ।

जाम नेपालको दोस्रो साधारण सभा तथा अधिवेशनमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले आफ्नो कार्यकालमा संस्थालाई प्रभावकारी रुपमा अघि बढाएको भन्दै आगामी दिनमा झनै सकृय हुने अपेक्षा रहेको बताए ।

नेपालमा निजी क्षेत्रलाई सरकारले सहयोग गरेको नदेखिएको भन्दै आगामी दिनमा यस्तो प्रवृतिको अन्त्य हुनेपर्ने बताए ।

सरकारले  ट्राफिक जरिवानाबाट राजस्व निकै उठाउने गरेको र त्यो पैसा जहाँ सदुपयोग हुनुपर्ने हो, त्यो त्यहाँ सदुपयोग नभएको दाबी गरे ।

सरकारी निकायले सडक सँधै भत्काउने र बनाउने खेल खेलेको कारण यात्रुले समस्या दैनिक भोग्नु परेको दाबी गरे ।

अहिलेको अवस्थामा काठमाडौंबाट पोखरा पुग्न नै १५ घन्टा लाग्ने बाध्यता रहेको भन्दै यो समस्या समाधान गर्न सकेको खण्डमा पर्यटक, यातायात सबै क्षेत्रमा सकारात्मक सन्देश जाने बताए ।

यसका लागि सरोकारवाला पक्षले अर्थमन्त्रीसँग छलफल गर्न आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *