जाम नेपालमा गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

जर्नालिष्ट एसोसिएसन अफ अटोमोवाइल मोविलिटी (जाम नेपाल) को अध्यक्षमा मेरो अटोका सागर गजुरेल चयन भएका छन् ।

जाम नेपालको बिहीबार सम्पन्न साधारणसभा तथा अधिवेसनले गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसैगरि उपाध्यक्षमा आर्थिक आवाजका सुरेन्द्र पौडल, महासचिवमा अटोमोवाइल म्यागेजिनका तोयानाथ पौडेल, सचिवमा रातोपाटी डटकमका प्रयास श्रेष्ठ, कोषाध्यक्षमा नेपाल खवर डटकमका वसन्त अर्याल चयन भएका छन् ।

त्यसैगरि सदस्य (Road Safety Coordinator) मा अटो नेपाल, म्यागेजिनका रोशन कुमार श्रेष्ठ, चाणक्य पोष्ट डटकमका उज्ज्वल घिमिरे, मेरो लगानी डटकमका युवराज बस्नेत, नेपाल ड्राइभ डटकमका सौरभ नेपाल, क्यापिटल नेपाल डटकमका सुधिर भण्डारी, बिजमाण्डु डटकमका शुक्र गिरी, क्लिकमाण्डु डटकमका आरिश्मा मोक्तान चयन भएका छन् ।

जाम नेपालको नवनिवार्चित कार्यसमितिको पदावधि २ वर्षको हुनेछ ।  जाम नेपालका निवर्तमान अध्यक्ष उज्ज्वलजंग शाह स्वतहः कार्यसमितिमा नै रहने छन् ।

निवर्तमान अध्यक्षसहित जाम नेपालको कार्यसमिति १३ सदस्यीय रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *