ग्राहकहरूको भिड दिन-दिनै बढिरहेको छ

शुसिल सँग्रौला, निर्देशक – तपाइकोबजारडटकम

छोटो समयमै तपाइकोबजारडटकमले निकै सफलता पाएको छ ।

एकै छानामुनि धेरै ब्राण्डका बाइक तथा स्कुटरहरू र इलेक्ट्रिक सवारी साधनहरू बिना झन्झट सजिलै भारी छुटका साथ राजधानी भित्र र बाहिरका व्यक्तिहरुले थोरै डकुमेन्टको आधारमा नगद वा फाइनान्स (किस्ताबन्दी) सेवा सजिलै पाउन सक्छन् ।

तपाइको आम्दानी स्रोत राम्रो भएपनि काठमाण्डौंमा घर घडेरी छैन भने बाइक स्कुटर फाइनान्स गर्न निक्कै गा¥हो घरबेटीको सहयोग बिना यो काम गराउन असम्भव जस्तै

घरबेटीको नागरिकता, फोटो, लालपुर्जा, विजुलीको बिल इत्यादि पेश गरेर पनि घरबेटीको मन्जुरी नभएसम्म काठमाण्डौं भन्दा बाहिर घर हुनेलाई काठमाण्डौंमा बाइक स्कुटीको फाइनान्स गराउन असम्भव जस्तै

तर अब यसको लागि चिन्ता लिनु पर्दैन । काठमाण्डौंमा तपाइको आफ्नै घर घडेरी नभएमा पनि घरबेटीको सहयोग बिना नै बाइक स्कुटीको फाइनान्स गराउन सम्भव हुने भएको छ ।

यसका लागि तपाइकोबजारडटकमले सबैं व्यवस्था मिलाएको छ ।

तपाइकोबजारडटकमले तपाइले रोजेकै ब्राण्ड र मोडेलको बाइक वा स्कुटी खरिद गर्न सकिने व्यवस्था समेत मिलाएको छ ।

नेपालमा चलेका सबैंजसो ब्राण्डका बाइक तथा स्कुटी खरिद गर्न सकिने तपाइकोबजारडटकमका निर्देशक शुसिल सँग्रौलाले बताए ।

खरिद गर्दा ताका आवश्यक परेमा फाइनान्सको सहज व्यवस्था, विमामा सिधै ग्राहकलाई छुटको व्यवस्था, सर्भिसमा कम्पनीले दिने भन्दा अतिरिक्त फ्रि सर्भिसको व्यवस्था, पिकअप एण्ड ड्रपको व्यवस्था लगायतका सेवा यो साइटबाट उपलब्ध गराइरहेको निर्देशक सँग्रौलाले बताए ।

अहिलेलाई वेवसाइटबाट यी सबै कामको व्यवस्था मिलाइरहेको भएता पनि भविष्यमा मोवाइल एप्स विकास गरिने उनले बताए ।

आजको जमानामा त्यसै पनि अधिकाँश ग्राहकहरु इन्टरनेटको माध्यमबाट सवारीसाधनको छनौट गर्ने प्रचलन बढीरहेको अवस्थामा यस्तो खालको सेवाले झनै सजिलो बनाउने उनको दावी छ ।

बजारमा चलेका थुप्रै ब्राण्डका मोडेलहरु राखिएको हुनाले पनि एकै ठाउँबाट छनौट गर्न सजिलो हुने उनको तर्क छ ।

कुनै पनि ग्राहकले आफ्नो वेवसाइटबाट कुनै पनि बाइक वा स्कुटी बुक गरेमा बुक गरेको आधा घण्टा भित्र डेलिभरी दिन सकिने पनि उनले बताए ।

अहिले पछिल्लो समयमा त केही ब्राण्डका बाइकहरूमा शोरुम भन्दापनि बढि रु. १ लाखसम्मको छुटमा सरल किस्ताबन्दीमा विक्री गरेका संचालक शुसिल संग्रौला बताउँछन् ।

यसको साथै केही इभी स्कुटरहरुमा पनि रु. ५० हजारसम्मको छुट भएकोले ग्राहकहरूको भिड दिन दिनै बढिरहेको उहॉले बताउनुभयो ।

नेपालमा यस्तो प्रकारको सेवा–सुविधा दिने यो मात्र एक कम्पनी भएको उहाँको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *