सेरेस ३ इलेक्ट्रिक कार लन्च हुने

नेपालमा एमएडब्ल्यु वृद्धि अटोकर्प प्रालिले आगामी भाद्र २६ देखि हुने नाडा अटो शोमा सेरेस ३ इलेक्ट्रिक कार लन्च गर्ने भएको छ ।

एमएडब्ल्यु ग्रुप अन्तर्गत हाल स्कोडा, जिप, जेसीबी, यामाहा, चांगन र फोटोन लगायतका ब्रान्ड नेपाली बजारमा उपलब्ध भइरहेकोमा अब सेरेस पनि थपिने भएको हो ।

अमेरिकाको सिलिकन भ्यालीमा सेरेस ब्रान्डको स्थापना भएको थियो ।

टेस्ला स्थापनाको समेत आधार भएको सोही स्थानमा सन् २०१६ मा चाइनिज सोकोन इन्डष्ट्री ग्रुपबाट यसको स्थापना भएको हो ।

विश्वका ७० भन्दा बढी देशहरुमा उपस्थिति जनाइसकेको सेरेस ग्रुपलाई ईभी इन्डष्ट्रीकै लिडर मानिन्छ ।

अमेरिका, जापान र चीनमा रहेका आरएन्डडी सेन्टरलाई कनेक्ट गरी सेरेसले डेडिकेटेड ईभी फ्यासिलिटीसँग आरएन्डडी नेटवर्कलाई विश्वव्यापी रुपमा जोडेको छ ।

विश्व प्रसिद्ध टेक्नोलोजी कम्पनी हुवावेसँग रणनीतिक रुपमा जोडिनु सेरेसको अर्को उपलब्धि हो ।

कनेक्टिभिटी, स्मार्ट टेक्नोलोजी र डिजिटल सोलुसनका लागि हुवावेको प्रविधि प्रयोग गरी सेरेसका ग्राहकलाई सिमलेस तथा इन्टेलिजेन्ट ड्राइभिङ अनुभव प्रदान गर्नु कम्पनीको महत्वपूर्ण विशेषता हो ।

सेरेस ३ मा ९९ किलोवाटको मोटर छ । यसमा भएको ५२.७ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४०५ किलोमिटर रेन्ज दिन्छ । सो गाडीको ग्राउन्ड क्ल्यिरेन्स १९० एमएम छ ।

सेफ्टी फिचरको रुपमा सेरेस ३ मा ६ एयरब्याग, ईएसपी, ईबीए/ईबीडी, हिल लन्च असिस्टेन्स, अटो होल्ड, एचडीसी, टीपीएमएस, लेन डिपार्चर वार्निङ र ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा आदि छन् ।

त्यसैगरी यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, प्यानोरामिक सनरुफ, एलईडी हेडलाइट, डीआरएलएस, अटो फोल्ड ओआरभीएमएस, इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट, मल्टी ड्राइभ मोड, हिटेड फ्रन्ट सिट आदि फिचर छन् ।

यसको मूल्य र अन्य फिचर समेत सोही अवसरमा सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *