सेगवेका स्कुटहरु एक्सचेन्ज सुविधा सहित शून्य प्रतिशतमा

नेपालका लागि सेगवे स्कुटरको आधिकारिक विक्रेता आई हव प्रालिले सेगवेका इलेक्ट्रीक स्कुटहरु एक्सचेन्ज सुविधा सहित शून्य प्रतिशत ब्याजदरमा किन्न सकिने स्कीम ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्ट सम्ममा स्कुटर किन्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले आफ्नो आम्दानी अनुसार डाउन पेमेन्ट गरेर स्कुटर खरिद गर्न सक्नेछन् ।

ग्राहकले यो योजनामा १८ महिनाको किस्ता अवधिमा सबै मूल्य चुक्ता गर्नुपर्ने हुन्छ ।

यसैगरी स्कुटरको खरिदमा रेनकोट, स्कुटर कभर, १ वर्षको रोड ट्याक्स तथा हेलमेट प्रदान गरिनेछ ।

यसमा १ वर्षको वार्षिक मर्मत खर्चसमेत कम्पनीले निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

कम्पनीको यो स्कीममा एनआइसी एसिया र माछापुच्छ्रे बैंकले कर्जा उपलब्ध गराउने समझदारी भएको छ ।

कम्पनीले हाल नेपालमा सेगवेका ४ मोडलका स्कुटर विक्री वितरण गर्दै आएको छ भने बिक्रीपछिको सेवा तथा पार्ट्स उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *