पेट्रोलियम पदार्थको स्वचालित प्रणालीलाई चुनौती

प्रत्येक १५ दिनमा आइओसीले नयाँ खरिद मूल्य पठाउने गर्छ ।

आइओसीले नयाँ खरिद मूल्य पठाउने मिति निश्चित (१ र १६ तारिख) छ ।

अन्तर्राष्ट्रिय बजारभाउलाई विश्लेषण गरी आइओसीले नयाँ मूल्य पठाउँदा घटाएर वा बढाएर पठाउनेबारे पम्प व्यवसायी जानकार हुन्छन् ।

त्यसैले उनीहरूले मूल्य घट्ने वा बढ्ने दिन अतिरिक्त लाभ हुने गरी इन्धन खरिद गर्न सक्छन् ।

यसबाट निगमलाई संस्थागत रूपमा नोक्सानी हुनेछ । त्यस्तै, निगमभित्र आर्थिक अराजकता र विकृतिसमेत बढ्ने खतरा देखिएको छ ।

मूल्य बढ्ने वेला सामान्य अवस्थाको भन्दा बढी तेल दिने डिपो प्रमुखलाई पम्प व्यवसायीहरूले प्रतिलिटरका दरले कमिसन रकम बुझाउन तयार हुन्छन् र, यो विकृतिले संस्थागत रूप लिने जोखिम रहन्छ ।

मूल्य घट्ने वेला पम्प व्यवसायीले तेल नै नउठाउने गर्छन् । यस्तो वेला कमिसन लेनदेन गरेका डिपो प्रमुखले तेल लैजान पम्प व्यवसायीलाई दबाब दिन सक्दैनन् ।

जसकारण बजारमा तेलको अभाव हुन सक्छ । यसअघि भने मूल्य घटबढबारे व्यवसायीलाई थाहा नहुने हुँदा इन्धन आपूर्तिमा कुनै अवरोध र चलखेल हुने गरेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *