एफ डि मोर्टर्स र कुमारी बैंकबीच सम्झौता

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्राली (एफ डि मोर्टर्स) र कुमारी बैंकबीच सम्झौता भएको छ ।

एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याज दरमा ३ लाख रुपैयाँसम्म डाउन पेमेन्ट बिना नै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएका हो ।

जस अन्र्तगत कुनै पनी ग्राहकहरुले कुमारी बैंक ली. वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिनासम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् ।

यदी कुनै पनी ग्राहकले कर्जाको भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् ।

एफ डि मोर्टर्सले हाल दुई मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ ।

जसमा एफ फाइबको मुल्य रु. २,६१,९९९ र एफ फाइब ए को मुल्य रु. २,९७,९९९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *