जि.डब्लु.एम. सवारी साधनहरुको एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक भि.जि. ईम्पेक्स प्रा.लि. र एभरेष्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ ।
कम्पनीले विक्री वितरण गर्दै आइरहेको हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता भएको हो ।
सम्झौतामा बुधबार भि.जि.ईम्पेक्स जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरे ।
जि.डब्लु.एमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ, यो सहकार्य गरिएको जनाइएको छ ।
कम्पनीले ग्राहकलाई प्रतिस्पर्धी ब्याज दरहरू उपलब्ध गराउँदै डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।
एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ ।
३ वर्षसम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी ब्याजदर १० दशमलव ८० प्रतिशत रहने जनाइएको छ ।
ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।
जि.डब्लु.एम नेपालले हाभल एच६, हाभल जोलायन, पावर, विङ्गल५ जस्ता विश्वव्यापी मोडेलहरूका साथ नेपालमा आफ्नो बलियो उपस्थिति स्थापित गर्न सफल छ ।
अर्को पुस्ताको अत्याधुनिक अटोमोटिभ प्रोत्साहन गर्न प्रतिबद्ध, जि.डब्लु.एम नेपालले ग्रेट वाल मोटर्सबाट फ्युचरिस्टक मोडलहरू र प्रिमियम प्रस्तावहरू प्रस्तुत गरिरहेकोे छ ।
नेपालमा ग्रेटवाल मोटरको आधिकारिक आयातकर्ताको रूपमा, भि.जि. इम्पेक्सले जि.डब्लु.एमको विश्वव्यापी लाईन–अपहरू सफलतापूर्वक बजारमा ल्याएको छ र नेपालको अटोमोटिभ इकोसिस्टमलाई अगाडि बढाउँदै बिक्री र बिक्रीपछिका उत्कृष्ट सेवाहरूमा निरन्तरता दिँदै आएको छ ।
भर्खरै जि.डब्लु.एम नेपालले ईलेक्ट्रिक सवारी साधान अन्तर्गत ओरा ०३ प्रस्तुत गरेको छ ।