नेपाल इभी एक्स्पो भदौमा हुने

इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोट्र्स एसोसिएसन अफ नेपाल, मिडिया स्पेस सोलुसन्स तथा फ्युचर एक्स ट्रेड फेयर एन्ड इवेंट्सको संयुक्त आयोजनामा नेपाल इभी एक्स्पो आयोजना हुने भएको छ ।

नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो भदौ १५ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

एक्स्पोमा एक सयभन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र एक सय ५० भन्दा धेरै ब्रान्डका गाडी तथा विद्युतीय सामग्रीहरू प्रदर्शनीका लागि राखिने आयोजकले जनाएका छन् ।

एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटो कम्पोनेन्ट, टायर, ब्याट्री, ग्यारेज इक्युपमेन्ट्स, चार्जिङ स्टेसनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकको भनाइ छ ।

यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, विक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि एक्स्पो महत्वपूर्ण  हुनुका साथै विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्ने आयोजकको भनाइ छ ।

यसका साथै साझेदारीका लागि नयाँ लगानीकर्तालाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *