चितवनको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
आइतबार गाउँपालिकाले इच्छाकामना–२ मा अवस्थित हपनी कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेको हो ।
७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो, बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले व्यहोरेको हो ।
विशेष गरेर इच्छाकामना गाउँपालिकाको पहाडी भूगोलका कृषकहरुले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहज ढुवानीको लागि आर्थिक वर्ष २०७९/०८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको हो ।
एम्बुलेन्सको लागत भ्याटसहित २५ लाख ३४ हजार ९९९ रुपैयाँ ८३ पैसा रुपैयाँ रहेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।