पनौतीको माने दोभानमा मनायो छैठौ वार्षिकोत्सव

स्पोर्ट बाइक प्रयोगकर्ताहरुको समुह ‘स्पोर्टस ग्रुप अफ भ्याली’ले छैठौ वार्षिकोत्सव पनौतीको माने दोभानमा बिशेष कार्यक्रम गरि मनाएको छ ।

ग्रुपले स्पोर्ट बाइक प्रयोग गर्ने राइडरहरुबीच पारिवारिक सम्वन्ध स्थापित गर्दै देशका विभिन्न स्थानमा राइड गर्दै आएको छ ।

राइडको अवसरमा ट्राफिक जनचेतना अभिवृद्धि कार्यक्रम, विपन्न परिवारलाई सहयोग गर्दै आएको छ भने आन्तरिक पर्यटनलाई समेत प्रवद्र्धन गर्ने गरेको छ ।

हाल यस समुहमा ३० भन्दा बढी राइडर आवद्ध छन् । ग्रुपले प्रतिश्पर्धामा आधारिक राइडभन्दा पनि ट्राफिक नियमलाई इमान्दारिताका साथ पालना गर्दै राइड गर्ने र ओभर स्पिडमा नकुदाउने, राइडिङ गियर तथा बुटहरु प्रयोग गर्ने गरेको क्याप्टेन प्रविन मैनालीले बताए ।

ग्रुपमा कावासाकी निन्जा, केटिएम आरसी, ह्योसुन जिटिआर, होन्डा सिविआर, वेनेली, टिभिएस अपाचे, यामाहा आर३ र आर १५, सुजुकी जिक्सर लगायतका वाइक प्रयोगकर्ता आवद्ध छन् ।

पर्यटन प्रवद्र्धनका लागि आगामी दिनमा पनि विभिन्न पर्यटकिय स्थलमा राइडको आयोजना गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *