Skip to content
भारतको अग्रणी टाटा मोटर्सले आफ्नो टाटा टियागो (ह्याचब्याक) मोडलका पाँचलाख वटा गाडीहरु बिक्रि गर्न सफल भएको छ ।
सन् २०१६ मा विक्री सुरु गरिएको यस गाडीले सात वर्षको छोटो अवधिमै यो सफलता हासिल गरेको हो।
उल्लेखित कुल पाँचलाख मध्येका एकलाख गाडीहरु केवल १५ महिनामा बिक्री भएको थियो ।
टियागोले “नेटप्रो मोटर स्कोरमा” पनि ५१ अंक हासिल गरेको छ, जुन अन्यको तुलनामा सबैभन्दा उच्च हो ।
यस्तै टाटा टियागोले विगत केही वर्षहरुमा अटोमोबाइल जगतद्वारा प्रदान गरिने ४० भन्दा बढी पुरस्कारहरु जितेको छ ।
यी उपलब्धिहरुले टियागो आरामदायी, आकर्षक तथा बलियो बनावट, एवं सुरक्षाको दृष्टिकोणले अब्बल भएको पुष्टि गर्दछ,” कम्पनी श्रोत बताउँछ।
सन् २०२० को जनवरीमा यस गाडीले सर्वोत्कृष्ट सुरक्षाको लागि ग्लोबल एनसीएपी (NCAP) द्वारा पाँच–तारे (5 Star) गाडीको मान्यता प्राप्त गरेको थियो ।

नेपाली बजारमा पनि टाटा टियागोको बजार तिब्र ढंगले बढेको बताइन्छ ।
नेपालमा हाल उपलब्ध ह्याचब्याक मध्ये सुरक्षित तथा बलियो गाडीमा पर्ने टाटा टियागो सर्वाधिक बिक्रि हुने गाडीमा पर्न सफल भएको छ ।
विशेषत: भविष्यमुखी सोच बोकेर जीवनमा लगन र उत्साहका अघि बढिरहेका युवा वर्गको (औसत उमेर ३५ वर्ष) पहिलो रोजाईमा यो परेको छ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग अनुसार यो वर्गमा महिला ग्राहकहरुको संख्या पनि उल्लेख्य छ।
“टियागोले आकर्षक बनावट, समुन्नत कार्य कुशलता र अतुलनीय आरामको सुनिश्चितता गर्दछ।
त्यसैले नेपाली ग्राहकहरुले मन मस्तिष्कमा यसको अमेट्य छाप छोड्न सफल भएको छ।”