नासाको लुम्बिनी प्रदेश कमिटी गठन

मोटर स्पोर्ट्स र अटो ब्यवसायमा सम्लग्न युवाहरुको भेलाले नेपाल अटोमोवाईल एशोसिएसनको लुम्बिनी प्रदेश कमिटी गठन भएको छ।

नासा फाउण्डेसनका अध्यक्ष गोबिन्द भटराईको अध्यक्षता तथा लुम्विनी खेलकुद बिकास समितीका सदस्यसचिव जय प्रकाश भटराईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले ब्यवसायी मस्कुर अहमदको अध्यक्षतामा १५ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो।

उक्त समितीको उपाध्यक्षमा डा कृष्ण खरेल,दिनेश शर्मा र सुमन बस्याल रहेका छन् भने महासचिवमा राहुल कसौधन कोषाध्यक्षमा वसिम अक्रिम खान र सचिवमा ई. कुशुम ज्ञवाली रहेका छन्।

त्यसैगरी समितीका सदस्यहरुमा दिनेश श्रेष्ठ सन्दिप कशौधन,डा अन्जनी बर्णवाल,बिनय कशौधन, महेश शर्मा,नरेश ज्ञवाली रोशन जिसी र मिरा श्रेष्ठ रहेका छन्।

यसका साथै भेलालेले आगामी साउन १३ गते काठमाण्डौमा आयोजना हुने नासाको साधारणसभाका लागि अध्यक्ष मस्कुर अहमद, उपाध्यक्ष दिनेश शर्मा महासचिव राहुल कसौधन, बसिम अक्रम खान र प्रविना घिमिरेलाई प्रतिनिधीको रुपमा पठाउने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *