नेपालमा दैनिक लगभग ७० सवारी दुर्घटना

संघीय गणतन्त्रात्मक नेपालको संविधान जारी भई कार्यान्वयनमा आएको आठ वर्ष पूरा भइसकेको छ ।

यस अवधिमा देशभर करिब ८ लाख मानिस सडक दुर्घटनामा परेर घाइते भएका छन् भने अनुमानित ३० हजार जनाले अकाल र अल्पायुमा ज्यान गुमाएका छन् ।

सडक दुर्घटनामा ज्यान गुमाएका वा घाइतेहरूमध्ये ज्यान गुमाउनेमा प्रदेशमन्त्रीसहित कतिपय माननीयहरूका आफन्त, सहकर्मी वा करदाता नागरिकहरू नै हुनुहुन्छ ।

पेसा र सामाजिक सक्रियताका हिसाबले भन्ने हो भने, कुनै पनि पेसा, समुदाय वा जनसंख्याको समूह सडक दुर्घटनाबाट पीडित नभएको छैन ।

हरेक दिन चारै प्रहर देशको कुनै न कुनै भागमा सडक दुर्घटना भइरहेको छन्, जसले आधुनिक नेपाली समाज, लोकतान्त्रिक राज्य व्यवस्था र हाम्रो सामाजिक–आर्थिक सम्बन्धलाई समेत क्षत–विक्षत बनाइरहेको छ ।

प्रहरीको तथ्यांक अनुसार, नेपालमा दैनिक लगभग ७० सवारी दुर्घटना हुने गर्छन् । देशको भौगोलिक बनावट, सडक सञ्जाल, यात्रुको चाप र यातायातका साधनको उपलब्धताका हिसाबले फरकफरक प्रदेशमा सडक दुर्घटनाका कारक र परिमाण पनि फरकफरक छन् ।

तर नागरिकको जीउधनको सुरक्षा र उनीहरूको सुरक्षित यात्रा गर्न पाउने अधिकारको संरक्षणका लागि संघीय तथा प्रदेश सरकारहरूको समान उत्तरदायित्व हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *