नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको पदस्थापना तथा सम्मान कार्यक्रम

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको सम्मान तथा पदस्थापना कार्यक्रम चन्द्रागिरी हिल्स रिसोर्टमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई अशोक लेल्याण्डको एकमात्र आधिकारिक विक्रेता ’ आईएमई अटोमोटिभ्स प्रालिले प्रायोजन गरेको थियो ।

सम्मान कार्यक्रममा नेपाल यातायात ब्यवसायी संघका पुण्यप्रसाद (सरोज) सिटौलाले दुर्घटनामा सरकारको भुमिका के हो, भन्दैं भनाईहरु राख्नुभयो ।

उक्त कार्यक्रममा विभिन्न जिल्लाहरुबाट ट्रक तथा टिप्पर व्यवसायीहरुको उल्लेख्य रूपमा उपस्थिती भएको थियो ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायीको नयाँ पदाधिकारीहरुलाई आईएमईका डाइरेक्टर निशान ढकाल, सिईओ हेमन्त पुराणिक, अमित अधिकारी, लगायतका व्यक्तिहरूले सम्मान गरी कदरपत्र समेत प्रदान गरिएको थियो ।

सभामा बोल्दै हेभी इम्विपमेन्ट व्यवसायी संघका अध्यक्ष प्रेमलाल श्रेष्ठले नव निर्वाचित सबै पदाधिकारीहरूलाई बधाई दिदै यस क्षेत्रको समस्याहरुलाई सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।

आईएमई अटोमोटिक्सका प्रोडक्ट हेड अमित अधिकारीले अशोक लेल्याडका मोडलहरूका बारेमा बिस्तृत जानकारीहरू दिँदै नयाँ पदाधिकारीहरलाई हार्दिक बधाई दिए ।

सम्मान कार्यक्रममा सिईओ हेमन्त पुराणिकले यस अवसर दिएकोमा संघका पदाधिकारीलाई धन्यवाद व्यक्त गर्दै सबै नयाँ पदाधिकारीहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, आगामी दिनहरूमा संगसंगै मिलेर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आईएमई अटोमोटिभ्स प्रा. लि. का सिईओ हेमन्त पुराणिकले सबैं ग्राहकहरुको सेवा सुविधाका लागि २४ सै घण्टा उपलब्ध गराउने प्रतिबद्धता समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *