हेटौंडा – काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध

गए रातीदेखि परेको अविरल वर्षाका कारण हेटौंडा काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।

ललितपुरको भट्टेडाँडा नजिक पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कान्ति लोकपथ सडक खण्ड अन्तर्गत पर्ने मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तरतर्फ भट्टेडाँडा नजिक पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले पहिरोका कारण हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा आउँने दुबै तर्फका यातायात अवरुद्ध भएको जानकारी दिए ।

अहिले पनि पानी परिरहेका कारण पहिरो पन्छाउन कठिन भएको उनको भनाई छ । प्रहरी निरीक्षक घिमिरेले पानी पर्न रोकिए लगत्तै पहिरो पन्छाएर यातायात सुचारु गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *