नेपाल वायुसेवा निगमले भैरहवा–नयाँ दिल्ली सिधा उडान गर्ने

काठमाडौं : नेपाल वायुसेवा निगम (एनएसी) ले भैरहवाबाट भारतको नयाँ दिल्ली सिधा उडान गर्ने भएको छ ।

हाल काठमाडौंदेखि नयाँ दल्ली उडान भरिरहेको निगमले क्षेत्रीय विमानस्थल भैरहवा, गौतमबुद्ध विमानस्थलबाट समेत सिधा उडान भर्ने भएको हो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई हवाईमार्फत नयाँ दिल्लीसँग जोड्ने र धार्मिक पर्यटक भित्र्याउन लक्ष्यसहित भैरहवा–नयाँ दिल्ली उडान शुरु गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

ढिलामा १५ दिनभित्र भैरहवा–दिल्ली उडान शुरु हुने समेत उनले बताए।

साथै नेपाल वायुसेवा निगमले भैरहवाबाटै अर्को छिमेकी मुलुक चीनको हङकङसँग समेत सिधा उडान भर्ने तयारी गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

‘यी दुबै गन्तव्यहरुमा एकैपटक उडान शुरु गर्ने निगमको तयारी छ’ प्रवक्ता पौडेलले भने ‘उडान सेडूल, आवश्यक उडान व्यवस्थापनको सम्पूर्ण जानकारी एक/दुई दिनमै टुङ्गो लाग्छ ।’

पौडेलका अनुसार निगमले नयाँदिल्ली हङकङसहित अन्य मुलुकमा पनि भैरहवाबाट सिधा उडान विस्तारको योजना बनाएको छ ।

दुबई, कतारको दोहालगायत गन्तव्यमा पनि एनएसीले भैरहवाबाट सिधा उडान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *