टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभी म्याक्स टप भेरिएन्टको मूल्य बढाएको छ ।
सार्वजनिकको अवसरमा सुरुवाती मूल्य ४६ लाख ४९ हजार रुपैयाँ तोकेर यसको बिक्री शुरु गरिए पनि हाल नेक्सन ईभी म्याक्सको मूल्य २ लाख ४९ हजार रुपैयाँले वृद्धि गरिएको हो ।
टाटाको नेक्सन ईभी म्याक्समा ४०.५ किलोवाटको ब्याट्री प्याक रहेको छ। यसमा १०० किलोवाटको मोटर रहेको छ।
टाटाको नेक्सन ईभी म्याक्समा रहेको ब्याट्रीले एक पटकको फुल चार्जमा ४५३ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ।
नेक्सन ईभी म्याक्समा १९० एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको छ। यो एसयूभीमा १६ इन्चको डायमन्ड कट अलोय ह्विल रहेको छ। यसमा भएको मोटरले २५० एनएम टर्क जेनेरेट गर्छ।
टाटा नेक्सन ईभी म्याक्समा प्रोजेक्टर हेडल्याम्प, सनरुफ, फलोटिङ रुफ, पियानो ओआरभीएम, १६ इन्चको डायमन्ड कट अलोय ह्विल जस्ता फिचर छन्।
एलईडी टेलल्याम्प, रुफरेल, शार्क फिन एन्टेना, बडी कलर डोर ह्यान्डल पाउन सकिन्छ।
यसैगरी रेन सेन्सिङ वाइपर, लेदर सिट, विभिन्न ६ तरिकाले एडजस्ट गर्न सकिने ड्राइभर सिट, एसी भेन्ट्स, लेदर र्याप गरिएको स्टेरिङ ह्विल, फ्रन्ट एसी, हिटर, क्याबिन बुट एक्सेस, क्रुज कन्ट्रोल ईभीमा छन्।
किलेस स्टार्ट/स्टप बटन, १२ भोल्ट पावर आउटलेट, ड्राइभ मोड सेलेक्टर, भ्यानिटी मिरर जस्ता सुविधा पनि समावेश छन्।
ट्रयाक्सन कन्ट्रोल, प्यानिक ब्रेक अलर्ट, रोल ओभर मिटिगेसन, अटो भेइकल लोड, चाइल्ड सेफ्टी रियर डोर लक, फ्रन्ट फगल्याम्प लगायतका फिचर्स टाटाले नेक्सन म्याक्स ईभीमा उपलब्ध गराएको छ।
त्यसबाहेक, अन्य फिचर्सहरु जस्तै इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम ‘ईएसपी’, टायर प्रेसर मापन गर्ने प्रणाली टायर प्रेसर मनिटरिङ सिस्टम (टिपीएमएस), ड्राइभर एण्ड को–ड्राइभर एयरब्याग, हिल डिसेन्ट कन्ट्रोल पाउन सकिन्छ।
टाटाको नेक्सन ईभी म्याक्समा भएको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ।
गाडीमा भने ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ।