इन्डिगोले एकैपटक गर्यो एयरबससँग ५०० विमानको सम्झौता

भारतीय एयरलाइन्स इन्डिगोले एयरबससँग ५०० विमान किन्ने सम्झौता गरेको छ ।

पेरिसमा भइरहेको एयर शोका क्रममा सोमबारमा एभिएसन क्षेत्रकै सबभन्दा ठूलो सम्झौताको घोषणा भएको हो ।

यसअघि वर्षको सुरुवातमा भारतीय एयरलाइन्स टाटाले ४७० एयरबस र बोइङ बिमान किन्ने सम्झौता गरेको थियो ।

इन्डिगो भारतको सस्तो एयरलाइन्स हो । र, सोमबार भएको सम्झौताका लागि ५५ अर्ब अमेरिकी डलर खर्च गर्नेछ ।

बीबीसी हिन्दीका अनुसार यो सम्झौता अनुसारका विमान २०३० देखि २०३५ सम्म इन्डिगोले पाउनेछ ।

सन् २००६ मा स्थापना भएको इन्डिगोसँग हाल ३०० विमान छ र हाल भारतको अन्तरिक उडानमा ६० प्रतिशत हिस्सा ओगट्छ ।

पेरिसमा भएको सम्झौतापछि इन्डिगोका सीईओ पिटर एल्बर्सले भनेका छन्, ‘यो ऐतिहासिक अर्डरको महत्वबारे भन्न सहज छैन ।

अब हामीसँग एक हजार बिमानको अर्डर बुक छ । यो सम्झौताअनुसार इन्डिगोले भारतमा एक स्थानबाट अर्को स्थासम्म पुग्न सहज बनाउनेछ ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार यो सम्झौताका लागि केही महिनादेखि कुराकानी भइरहेको थियो ।

यति ठूलो संख्यामा विमान अर्डर पाउँदा एयरबसले इन्डिगोलाई केही छुट दिनसक्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *