बागलुङमा जिप दुर्घटना : दुईजनाको मृत्यु

बागलुङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग.१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका– ५ ठुलढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । जिप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो ।

मृतक दुवै पुरुष रहेको केसीले बताए । जिपमा सवार यात्रुको संख्या यकिन हुन सकेको छैन । प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *