Skip to content
बजेटमा करको दर परिवर्तन भएसँगै क्रसफायर मोटरसाइकलको मूल्य समायोजन गरेको छ ।
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक कम्पनि क्लासिक ह्वील एक्सपोर्ट तथा इम्पोर्ट प्रालिले ३ मोडलका बाइकको मूल्य घटाएको हो ।
कम्पनीले जारी गरेको नयाँ मूल्य सूचीका अनुसार क्रसफायरको आर एम २५० मोडलको मोटरसाइकलमा ४५ हजार रुपैयाँसम्म घटेको छ ।
यसअघि ८ लाख ८८ हजार रुपैयाँ पर्ने उक्त बाइक कम्पनीले मूल्य घटाउँदै ८ लाख ४३ हजार रुपैयाँ बनाएको छ ।
यस्तै, कम्पनीले क्रसफायर एचजे २५० को मूल्य ७१ हजार रुपैयाँले घटेको छ ।
यसअघि ७ लाख ७० हजार रुपैयाँ रहेको उक्त बाइकको मूल्य अब ६ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
क्रसफायर ट्रेकर मोडलको बाइकमा ४० हजार रुपैयाँ मूल्य घटेको छ ।
यसअघि ४ लाख १० हजार रुपैयाँमा बिक्री भएको उक्त बाइक अब ३ लाख ७० हजार रुपैयाँ भएको छ ।
Post Views: 264