ओरा ०३ का मुख्य विशेषता 

पोर्शका भुतपूर्व डिजाइनर इमानुअल डेर्टाद्वारा डिजाइन गरिएको ओरा ०३ ईभी पूर्वव्यापी र आधुनिक क्रसओभर हो।

यसको पूर्वव्यापी र आधुनिक अवधारणा र कालातीत क्लासिक डिजाइन, सबै उन्नत ईभी प्रविधिको एकीकरणबाट हासिल गरिएको संकेत गर्छ।

सौन्दर्यको हिसाबले ओरा ०३ को बाहिरी भागमा नरम रेखाहरू छन् जसले ब्रान्डका अन्य मोडेलहरूलाई पनि चित्रण गर्छ र आधुनिक सुविधाहरूको साथ रेट्रो लुक हुँदा यसले पहिचानयोग्य पारिवारिक शैलीलाई समेत बलियो बनाएको छ।

अगाडि गोलो फुल एलईडी हेडलाइट, सर्कुलर डेटाइम रनिङ लाइटहरू यसको सबैभन्दा आकर्षक डिजाइन विशेषताहरू हो र यसको रियर लाइट क्लस्टरहरू रियर विन्डोमा नदेखियोस् भनेर सोहीअनुसार माथि राखिएको छ।

जसले गर्दा कारको चौडाइमा विस्तारित प्रकाशको एकल तेर्सो पट्टी स्ट्रिप बनाउँछ।

ओरा ०३ लाई प्योर ईभी प्लेटफर्ममा विकसित गरिएको छ र यसको मोडुलर साथै समान आधारभूत वास्तुकलाबाट ठूला र साना सवारी साधनहरू सिर्जना गर्न मिल्ने गरी स्केलेबल डिजाइन पनि गरिएको छ।

ओरा ०३ को धेरै विशेषतहरुका साथ आएको छ जसमा ७ एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल(ईसीएस), ट्र्याक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ लगायत सुरक्षा विशेषताहरु छन्।

यसमा रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा तथा अष्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनसीएपी) र युरो एएनसीएपी रेटिङ दुवैमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ।

कम्फर्ट र कन्भेनियन्स फ्रन्टमा ओरा ०३ ले कार प्रयोगकर्तालाई ठूलो र फराकिलो क्याबिन, पानोरामिक सनरुफ, लेदर सिट, ट-वे ड्राइभर पावर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, ५ ड्राइभिङ मोडलगायत सुविधा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *