नाइजेरियामा डुङ्गा पल्टियो

नाइजेरियाको नाइजर नदीमा डुङ्गा पल्टिँदा सयभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ अझै बेपत्ता छन् ।

डुङ्गामा तीन सय जना सवार थिए ।

यी मानिसहरू एक विवाहमा सहभागी भएर क्वारा राज्यबाट नाइजर राज्यतर्फ आइरहेका बेला यो दुर्घटना भएको हो ।

अधिकारीहरूका अनुसार बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ ।

राहत कार्यमा संलग्न एक कर्मचारीले समाचार एजेन्सी एएफपीलाई मृतकको सङ्ख्या बढ्न सक्ने बताए ।

हालैका वर्षहरूमा नाइजेरियामा धेरै डुङ्गा दुर्घटनाहरू भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *