नेपाल एयरलाइन्सको आजदेखि भैरहवामा अन्तर्राष्ट्रिय उडान

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ ।

निगमको मलेसियाबाट भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजलाई पर्यटन मन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

निगमले काठमाडौं मलेसिया भैरहवा काठमाडौं रूट अन्तर्गत साताको एक दिन मंगलबार उडान गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए।

निगमको न्यारोबडी जहाज मंगलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो ।

पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदान किराती गौतमबद्ध अन्तराष्ट्र्रिय विमानस्थल पुगेका थिए ।

जहाजले मलेसियाबाट भैरहवा आएका ३५ जना यात्रुहरुलाई छाडेर पुनः काठमाडौं फर्किएको थियो ।

निगमले हरेक हप्ता मंगलबार मलेसियादेखि भैरहवा काठमाडौं उडान नियमित गर्ने जनाएको छ ।

२०७९ जेठ २ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा अहिले कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन ।

कुवेतको जजिरा एयरवेजले कुवेत भैरहवा नियमित उडान गर्दै आइरहेको भए पनि करिब डेढ महिनादेखि जजिराले पनि  उडान रोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *