अब्बल प्रोडक्टमा युुवाहरुको नेतृत्वः ग्रन्थ इभि

अहिले नेपालमा विद्युतीय सवारीसाधन प्रति आम जनताको चासो निक्कै बढिरहेको छ ।

त्यसैले पनि बजारमा अहिले बल्ग्रेल्ती आएका विद्युतीय दुइपाँग्रे सवारीसाधनमध्ये ग्राहकलाई छान्नै मुस्किल जस्तो देखिएको छ ।
तर गतिलो सामान र युवाहरुको नेतृत्व देखिन्छ, ग्रन्थ इभिमा ।

विगत ३ बर्ष देखि नेपालको बजार, भारत र चिनमा भएको उत्पादनको अवस्था लगायतको गहिरो अध्ययन गरी नेपालमा व्यवसाय शुरु गरेको ग्रन्थ इभिका सिओओ जीवन कुमार क्षेत्रीले बताउनुभयो ।

विश्वबजार नै विद्युतीय सवारी साधनमा आकर्षित भएको भए पनि नेपालको सन्दर्भमा हेर्दा वस्तु, बजार तथा भावी योजनाको सुझबुझ र तयारी बिना नै विद्युतीय सवारीसाधन आयात गरी व्यवसाय गर्ने धेरै भएको पाइन्छ ।

जसको कारणले गुणस्तरहीन वस्तु तथा बिक्रिपछिको कमजोर सेवाको कारण विद्युतीय सवारीसाधनको ग्राहकहरु मर्कामा परेको देखिन्छ ।

यसै कुरालाई मध्येनजर राख्दै गुणस्तरीय सवारीसाधन, यसको बिक्रिपछिको उत्कृष्ट सेवाको लागि ठुलो तयारीका साथ व्यवसाय शुरुवात गरिएको सिओओ क्षेत्रीले बताउनुभयो ।

हुनपनि बजारमा पाइने अधिकाँस विद्युतीय स्कुटरको दाँजोमा ग्रन्थ इभिको एफडि मोटर्स ब्राण्डका स्कुटरहरु निक्कै गुणस्तरीय छन् ।

ठुला ठुला साइजका टायर, उच्च ग्राउण्ड क्लियरेन्स, ३००० वाट क्षमताको मोटर, ३० तथा ४५ एएचका एलएफपि लिथिएम बेटी प्याक लगायतका उत्कृष्ट फिचर जडित एफडिका विद्युतीय स्कुटर नेपाली बजारका अन्य ब्राण्डको तुलनामा मुल्य पनि उपयुक्त रहेको मान्न सकिन्छ ।

अधिकतम् गति करिब ७५ किलोमिटर प्रतिघण्टा रहेका यी स्कुटरमा साइड डाइभ मोटर जडान भएको छ ।

एफ फाइभ र एफ फाइभ ए गरी दुइवटा मोडेलमा कम्पनीले विद्युतीय स्कुटर बजारमा उतारेको छ ।

एफ फाइभले एकपटकको फुल चार्जमा करिब ९० तथा एफ फाइभ ए ले ११० किलोमिटरसम्मको अधिकतम रेन्ज दिन्छ भने घरको सामान्य प्लगमा चार्ज गर्दा करिब साढे ४ घण्टामा फुल चार्ज हुन्छ ।

यसमा फास्ट चार्जको पनि सुविधा भएको कम्पनीले जनाएको छ । फास्ट चार्ज गर्दा करिब २ घण्टामा फुल चार्ज हुने गर्दछ ।

एफ फाइभको मुल्य २ लाख ४८ हजार ९ सय ९९ र एफ फाइभ ए को मुल्य २ लाख ८९ हजार ९ सय ९९ मात्र कायम गरिएको कम्पनीले जनाएको छ ।

निकट भविष्यमा नेपालमा नै एसेम्बल गर्ने गरी तयारी थालिएको कम्पनीको सिओओ जीवन क्षेत्रीले बताउनुभयो, त्यसपछि स्कुटरहरुको मुल्य स्वतः कम हुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *