२०७२ साल चैत १ मा बसेको मन्त्रिपरिषद् बैठकले २० वर्ष पुगेका पुराना यात्रुवाहक सवारी हटाउने वा पत्रुमा रूपान्तरण गर्ने भन्दै निर्णय गरेको थियो ।
वाग्मती प्रदेश अन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले २० वर्ष नाघेका पुराना सार्वजनिक सवारीसाधनलाई ३५ दिनभित्र पत्रु बनाउन निर्देशन दिएको छ ।
वाग्मती प्रदेश सरकारले प्रदेशभित्र सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनका लागि पुराना सवारीलाई पत्रुमा लगेर विस्थापन गर्न लागिएको जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्ने मन्त्रीहरुले २० वर्ष पुराना गाडी हटाउनुको साटो नीति नै संशोधन गर्ने भन्दै व्यवसायीलाई रिझाउन खोज्दा अन्योलता छाएको थियो ।
‘२० वर्ष पुराना सवारी हटाउने भनेर सरकारले हिजो निर्णय गर्यो, त्यो बेला कानुनी आधार कार्यविधि मात्र थियो,’ सचिव तामाङले भने, ‘अहिले प्रदेशमा सवारी तथा यातायात व्यवस्था ऐन बनेको छ, त्यही कानुनलाई आधार मानेर यो सूचना निकालिएको हो ।’
अहिलेपनि पुराना सवारीले धुँवा फालेर वातावरण प्रदुषण गर्दै आएका छन् । तर व्यवसायीको दवावमा केन्द्र सरकार नै माैन रहँदै आएको छ ।
पुराना सवारीमा इन्धन बढी लाग्ने, दुर्घट्नाको जोखिम बढी हुने र वातावरण प्रदूषण हुने भएकाले वातावरणीय हिसाबले सरकारले पुराना सवारीलाई विस्थापन गर्नुपर्ने निर्णय गरेको थियो ।