अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं १ अन्तर्गत इटहरी उप–महानगरपालिका सुनसरी जिल्लामा लामो समयदेखि प्रतिक्षा गरिएका एसयूभीलाई वास्तविकतामा परिणत गर्दै भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’ र एक्सयूभी ३०० (एक्सयूभी, ३ डबल ‘ओ’ का रूपमा उच्चारण गरिने) सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ ।
काठमाडौंमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीयस्तरमा पहिलो आधिकारिक शोरूम बनेको छ ।
एक्सयूभी ७०० र एक्सयूभी ३०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएकोमा महिन्द्रा विश्वस्त छ, यसभन्दा अघि कहिल्यै नभएको जस्तो सन्तुष्टि दिने अपेक्षा गरिएको छ।
महिन्द्राले आफ्नो पहिचानयुक्त (फ्ल्यागशिप) एक्सयूभी ७०० र एक्सयूभी ३०० नयाँ ट्विन पिक्स ब्राण्डेड शोरुमले प्रिमियम एसयूभी सेगमेन्टमा मानक कायम गर्नेछ ।
कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।
नेपाली बजारमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को प्रारम्भिक मूल्य क्रमशः ७,४००,००० र ४,२९५,००० रहेको छ ।
नेपालमा भित्रिएका नयाँ ट्विन पिक्स ब्राण्डेड सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठको हातबाट स्थानीय प्रतिनिधिहरु सहित संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।
“हामी एक्सयूभी ७०० र एक्सयूभी ३०० लाई बजारको अद्वितीय आवश्यकताहरू पूरा गर्ने नयाँ भेरियन्ट मिक्सको साथ नेपालमा ल्याउन पाउँदा उत्साहित छौं ।
हामी विश्वस्त छौं कि एक्सयूभी ७०० र एक्सयूभी ३०० को सुविधाहरू र विकल्पहरूको विस्तृत प्याकेज नेपाली उपभोक्ताहरूका लागि एक आकर्षक मूल्य प्रस्ताव हुनेछ र यसले अनुपम ड्राइभिङ अनुभव, सुरक्षा र डिजाइनको साथ उच्च स्तरको प्रदर्शनको संयोजन गर्ने कुरामा हामी विश्वस्त छौं ।
उद्घाटनमा अग्नि ग्रुपका इटहरीका लागि बिक्रेता रोयल अटो इन्टरप्राजेजका प्रबन्ध निर्देशक किरण भट्टराईका अनुसार इटहरी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम स्थापना गरिएको हो र यस क्षेत्रमा नयाँ आधिकारिक महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा उपोभोक्तालाइ्र्र अधिक्त्तम लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।
शक्तिशाली इन्जिन, उन्नत सुविधाहरू र स्टाइलिश डिजाइनको साथ, एक्सयूभी ७०० र एक्सयूभी ३०० ले नेपाली ग्राहकहरूलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने वाचा गर्दछ र उत्कृष्ट र गुणस्तरीय बिक्री सेवा, सर्भिस र वास्तविक स्पेयर पार्ट्सहरू प्रदान गर्ने छ ।
यस शोरुमले ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरको सेवासहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाइ पक्कै पनि इटहरी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।