‘स्पेयर्स पार्टस च्याम्पियन अफ दि इअर’ अवार्ड युनिराइडलाई

टिभिएसको बिक्रेता युनिराइड अटो महालक्ष्मीस्थानले ‘स्पेयर्स पार्टस च्याम्पियन अफ दि इअर २०२३’ अवार्ड जितेको छ ।

टिभिएसका लागि नेपालको एकमात्रै आधिकारिक बिक्रेता जगदम्बा मोटर्सद्वारा आयोजित डिलर मिटकोे अवसरमा युनिराइडलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता र टिभिएसका कन्ट्री म्यानेजर हर्ष टण्डनले युनिराइडका प्रवन्ध निर्देशक निर्मल सिग्देललाई अवार्ड प्रदान गरेका हुन् ।

उत्कृष्ट नतिजासहित वर्षेनी टिभिएसको अवार्ड जित्न सफल हुँदा गौरव महसुस भएको सिग्देलले बताए । युनिराइडले गत वर्षहरुमा पनि अवार्डहरु जित्दै आएको थियो ।

‘ह्याट्रिक गर्दै वर्षेनी अवार्ड प्राप्त हुँदा थप जिम्मेवारी बोध भएको छ,’ उनले भने, ‘यो अवसरका लागि जगदम्बा मोटर्स र युनिराइड टिमप्रति आभारी छु ।’’

सोल्टी होटलमा आयोजित कार्यक्रममा जगदम्बा मोटर्सले डिलरहरुलाई अवार्डहरु वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *