विश्वव्यापी सडक सुरक्षा सप्ताह सम्पन्न

नेपालमा पनि सातौँ संयुक्त राष्ट्रसंघ विश्वव्यापी सडक सुरक्षा सप्ताह एक कार्यक्रमका बीच समापन गरिएको छ ।

ललितपुरको सानेपामा आयोजित ‘ रिथि‌ंक मोबिलिटी : च्यालेन्ज एण्ड अपरच्यूनिटी’  भन्ने विषयमा बृहत छलफल गरी सो सप्ताहको समापन गरिएको हो ।

अटो नेपाल, मासिक पत्रिका र नासा फाउण्डेसनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता रोशन कुमार श्रेष्ठ र समन्वय गोविन्द भट्टराईले गर्नु भएको थियो, जहाँ समग्र कार्यक्रमको थिमको समिक्षा समेत गरिएको थियो ।

सो समापन समारोहको वक्ताहरूमा नासा फाउण्डेशन नेपालका अध्यक्ष ई. कृष्ण सिंह बस्नेत, नाडा नेपालका प्रदिप मान प्रधान, नेपाल रेडक्रसकी डा. मनिता राजकर्णिकार, भिन्टेज मोटर्स नेपालका एमडी भुषण कुमार श्रेष्ठ हुनुहुन्थ्यो ।

त्यसैगरी नासा फाउण्डेसनकि कमला आचार्य, अटो नेपालका सम्पादक सरोज प्याकुरेलले समेत आ–आफ्नो धारणा राख्नुभएको थियो ।

मे १५ अर्थात् जेठ १ गते काठमाडौँमा एक भव्य कार्यक्रमका साथ शुरुवात गरिएको सडक सुरक्षा सप्‍ताहमा अन्तरक्रिया, अध्ययन प्रतिवेदन सार्वजनिकि करण, जनचेतनामूलक साइकल र्‍याली, साइक्लिङ्ग सुरक्षा, सार्वजनिक यातायात, पैदलयात्रीको सुरक्षा सम्बन्धि वर्कसपजस्ता कार्यक्रम सम्पन्न भए ।

त्यसैगरि मिडिया ओरिन्टेशन तथा ‘राेड सेफ्टी अडिटको समेत यसै सप्ताहमा शुभारम्भ गरियो ।

‘रिथंक मोबिलिटी’ मूख्य नारा रहेको सप्ताहमा नासा नेपालको व्यवस्थापन, नेशनल एलायन्सको संयोजन तथा ग्लोवल एलाइन्स अफ एनजिओ फर रोड सेफ्टीको सहयोग रहेको थियो ।

नेपालभर यस अभियान संचालन गर्ने क्रममा सञ्चारिका समुह गण्डकी, साइकल कल्चर मुभमेन्ट, धुलिखेल र वीरेन्द्रनगर नगरपालिका तथा अन्य थुप्रै संघसंस्था संलग्न थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *