नेपालमै उत्पादन भएको मोटरसाइकल यात्री बीच सडकमा गुड्दा गुड्दै च्यासीस भाँचिएको छ।
सोमबार नयाँ बजारबाट बालाजु तर्फ जाँदै गर्दा मोटरसाइकलको च्यासीस भाँचिएको हो।
एक प्रत्यक्ष दर्सीका अनुसार बालाजु तर्फ जाँदै गर्दा बिस्नुमति पुल माथि मोटरसाइकल भाँचिएको बताएका छन्।
यात्री मोटरसाइकलले भने यो उत्पादीत च्यासीस नभई परीक्षणको लागि बनाइएको च्यासीस रहेको बताएको छ।
यात्रीले आजको जुन घटना छ यो परिक्षणको क्रममा भएकोले भ्रममा नपर्न आग्रह गरेको छ।
नेपालमा सवारीसाधन दर्ताका लागि आयातको कागजपत्र चाहिने व्यवस्थाका कारण उत्पादन भएर पनि दर्ता हुन नसकेको यात्रीको मोटरसाइकल जेठ १ गतें यातायात व्यवस्था कार्यालय गर्जुधारामा दर्ता भएको थियो।