नख्खु–भैँसेपाटी सडक खण्डको काम जेठ महिनाभित्र सम्पन्न हुने

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन्।

सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरे पछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले अब नख्खु—भैंसेपाटी क्षेत्रका बासिन्दाहरूले लामो समयसम्म धुलो र सास्ती व्यहोर्नु नपर्ने उल्लेख गरे।

अबको एक हप्ता भित्र सडक खण्डको कालोपत्रे हुने पनि बताए।

उनले यस अघि सम्बन्धित निकायहरूसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता जनाए।

उनले आफूले निरीक्षणका क्रममा चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *