सरकार विद्युतीय सवारीसाधनको प्रोत्साहनमा स्पष्ट

कान्तिपुर ईभी डायलग–२०२३’ अन्तर्गत दोस्रो सत्र ‘विद्युतीय सवारीको गति बढाउने नीति र पूर्वाधार’ विषयक सत्रका वक्ताले विद्युतीय सवारीलाई प्रोत्साहन गर्दा चौतर्फी फाइदा हुने दाबी गरे ।

विद्युतीय सवारीलाई प्रोत्साहन गर्नेमा सरकारको धारणा स्पष्ट रहेको अर्थमन्त्री प्रकाशशरण महतको भनाइ छ । ‘विद्युतीय सवारीसाधनका विषयमा सरकार अलमलमा छैन, तर अप्ठ्यारा छन् ।

स्रोतको सीमितता छ । यसकारण यसबाट तत्कालै प्रतिफल प्राप्त गर्न सकिएको छैन,’ उनले भने, ‘यद्यपि उपलब्ध स्रोत र साधन अधिकतम उपयोग गर्ने काम भइरहेको छ ।

विद्युतीय सवारीसाधनको प्रोत्साहनमा सरकार स्पष्ट छ ।’

विद्युतीयमा आधारित प्रणालीमा जान घरायसी सामग्री, यातायात, वातावरणीयलगायत विषयलाई दृष्टिगत गरी करको दर तयार गरिने मन्त्री महतले जनाए ।

व्यापार घाटा कम गर्न विद्युतीय सवारीको प्रयोग बढाउनेतर्फ सरकारले सोचिरहेको उनको भनाइ छ । ‘देशको व्यापार घाटा धेरै छ ।

यसलाई कम गर्नु सरकारको लक्ष्य हो,’ उनले भने, ‘आयात कम गरेर र निर्यात बढाएर व्यापार घाटा कम गर्न सकिन्छ ।’

नेपालमा विद्युतीय गाडीको प्रचलन भर्खरै बढ्न थालेकाले सरकारले पनि अब किन्नुपर्दा विद्युतीय गाडी मात्रै ल्याउने अर्थमन्त्री महतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *