भारतमा एमजी कमेट ईभीको मूल्य रु. ७.९८ लाखबाट सुरु

एमजी मोटर इन्डियाले भारतमा कमेट ईभीको बुकिङ सुरु गरिसकेको छ। भारतमा कमेट ईभीको मूल्य रु. ७.९८ लाखबाट सुरु हुन्छ।

कमेट ईभी हाल सबैभन्दा सानो इलेक्ट्रिक कार हो । कमेट ईभीले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज प्रदान गर्दछ ।

यसमा ब्रेकिङको लागि फ्रन्टमा डिस्क र रियरमा ड्रम दिइएको छ। सस्पेन्सनको लागि फ्रन्टको भागमा म्याकफर्सन स्ट्रट र रियरमा मल्टि-लिंकिङ क्वाइल सस्पेन्सन दिइएको छ ।

कमेट ईभीको उत्पादन सुरु भइसकेको छ र यसको डेलिभरी यस महिनाको अन्त्यमा सुरु हुनेछ।

यसमा १७।३ केडब्ल्युएच क्षमताको ब्याट्री दिइएको छ, जसले ४२ एचपीको पावर र ११० एनएमको टर्क जेनरेट गर्दछ ।

यसको ब्याट्री १० देखि ८० प्रतिशत चार्ज गर्न ७ घण्टा लाग्छ । एमजी कमेट ईभी जीएसईभी प्लेटफर्ममा तयार पारिएको हो ।

यसले सानो फ्रन्ट ग्रिल, ठूलो एलईडी स्ट्रिप, पातलो हेडलाइट, ठूला ढोका र स्पोर्टी अलोय ह्विल जस्ता फिचरहरु प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *