डिजेल र मट्टीतेलको मूल्यमा १० रुपैयाँ घट्यो

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटाएको छ।

निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले डिजेल र मट्टीतेलको मूल्य घटाउने र अन्य पेट्रोलियमको मूल्य यथावत राख्ने निर्णय गरेको हो।

मूल्य घटेपछि काठमाडौंमा डिजेल र मट्टीतेलको खरिद मूल्य एक सय ५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडले मंगलबार दिउँसो आगामी १५ दिनको लागि पेट्रोलियम पदार्थको नयाँ खरिद दर पठाउँदा मूल्य घटाएर पठाएको थियो।

नयाँ खरिदमा पेट्रोल ९.५१ रुपैयाँ र डिजेल ८.०८ रुपैयाँ घटेर आएको थियो। मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि समायोजन गरेको हो।

निगमले आइओसीलाई तिर्नुपर्ने बक्यैता रकम अझै ६ अर्ब ४० करोड रुपैयाँ रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *