बजाज पल्सर पी १५० सार्वजनिक हुँदै

बजाज अटोले पल्सर सिरिजको नयाँ मोटरसाइकल पी १५० अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पी १५० को सार्वजनिक मिती भने अझै अनिश्चित रहेको जनाएको छ।

पल्सर पी १५० सिंगल डिस्क र ड्युअल डिस्क गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ भने यसमा सिंगल सिट तथा स्प्लीट सिट गरी दुवै अप्सन पनि दिइएको छ।

बजाज पल्सर पी १५० मा निकै पावरफुल इन्जिन रहेको छ ।

यसमा १४९ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ जसले ८५०० आरपीएममा १४.५ बीएचपीको पावर र ६००० आरपीएममा १३.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

सो बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा एड्जस्टेबल मोनोसक सस्पेन्सन रहेको छ।

सो बाइकले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीले सो बाइकको टप स्पिड ११५ किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ।

बजाज पल्सर पी १५० मा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एलईडी डीआरएल, एलईडी टेल लाइटको साथ एलईडी प्रोजेक्टर हेडलाइट र यूएसबी चार्जिङ पोर्ट जस्ता आधुनिक विशेषताहरु पाउन सकिन्छ।

बजाज अटोले यसको नेपाली बजारको मूल्य भने निर्धारण गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *