भारतमा पुलबाट बस खस्यो

मध्यप्रदेशको खरगोन जिल्लामा एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

सो घटना मंगलबार बिहान जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसंगा क्षेत्र नजिकै डोङरगाउँ पुलमा भएको हो।

घटनाको जानकारी पाए लगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो।

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई रु. ४ लाख, गम्भीर घाइतेलाई रु. ५० हजार र सामान्य घाइतेलाई रु. २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ।

खरगोनका प्रहरी उपरीक्षक (एसपी) धरमवीर सिंहका अनुसार घटना बारे अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *