स्मार्ट ड्राइभिङ लाइसेन्सबारे अनलाइन जानकारी

स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन  तथा प्रिन्ट हुने समयबारे थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ ।

ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो ।

मोबाइलबाट अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी (LC) लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ ।

त्यसैगरी तपाईले ललितपुरको एकान्तकुनास्थित कार्यालयबाट लाइसेन्सका लागि आवेदन दिनुभएको हो भने कार्ड प्रिन्ट भएको नभएको जानकारी लिनका लागि http://ekantakunalicense.bagamati.gov.np/license-status मा क्लिक गरी निर्देशन अनुसार गर्न सकिन्छ ।

त्यसैगरी अनलाइन पोर्टल https://neporesult.com/ मा गएर चेक ड्राइभिङ लाइसेन्स प्रिन्ट स्टाटसमा आफ्नो लाइसेन्स नम्बर राखेर ‘चेक स्टाटस’ मा क्लिक गर्दा पनि आवश्यक जानकारी पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *