नेपालका लागि सिट्रोन कारको वितरक सांग्रिला मोटर्स प्रा. लि. ले नेपाली बजारमा नयाँ सिट्रोन सी ३ सार्वजनिक गर्ने तयारी गरेको छ। अत्याधुनिक फिचरले भरिएको कम्प्याक्ट एसयुभी सिट्रोन सी ३ यसको डिजाइन र स्टाइल स्टेटमेन्टका कारण विश्वभर नै प्रशंसा पाइरहेको छ।
यसले नेपाली बजारमा पनि आफ्नो फरक डिजाइन र आधुनिक फिचरले मानक स्थापित गर्ने विश्वास लियिएको छ। सिट्रोन सी ३, सिट्रोन फ्यामिलीमा सिट्रोन सी ५ एअरक्रसको लन्च पछि थपिएको उत्कृष्ट कम्प्याक्ट एसयुभी कार हो।
सिट्रोन सी ३ ले सिट्रोन सी ५ एअरक्रस जस्तै नेपाली कार उत्साहीहरू माझ आफ्नो लागि छुट्टै नाम बनाउने आशा गरिएको छ। फ्रान्सेली ब्रान्ड सिट्रोन यसको नवीनता, डिजाइन र उत्कृष्टता प्रति प्रतिबद्धताका लागि प्रख्यात छ र सिट्रोन सी ३ पनि यस मानेमा अपवाद नरहने विश्वास गर्न सकिन्छ।
आफ्नो आकर्षक शैली, उन्नत सस्पेन्सन प्रणाली र फराकिलो भित्री भागले सिट्रोन सी ३ ले नेपालभरका कार उत्साहीहरूलाई प्रभावित पार्ने निश्चित छ।
नेपालका लागि सिट्रोनको वितरक सांग्रिला मोटर्सले सिट्रोन ब्रान्डसँग आबद्ध रही नेपाली सवारी साधन प्रेमीहरूका लागि नयाँ र उत्कृष्ट युरोपियन गाडीहरूको अनुभव दिन पाउँदा गर्व लागेको बताएको छ। सिट्रोन सी ३ लन्च र कार सम्बन्धी थप अपडेटहरूको छिट्टै आउनेछन्।
सिट्रोन सम्बन्धी:
सन् १९१९ मा स्थापित सिट्रोनले अटोमोबाइल, प्रविधि र मोबिलिटीका समाधानहरू प्रदान गर्दछ। ग्राहकको अनुभवलाई केन्द्रमा राखी आफ्नो उत्पादन निर्माण गर्ने गरेको सिट्रोनले एक साहसी र नवीन ब्रान्डको रूपमा आफुलाई स्थापित गरेको छ।
विशेष गरी आधुनिक शहरको लागि डिजाइन गरिएको एक फरक इलेक्ट्रिक मोबिलिटी भेहिकलसँगै सेडान, एसयूभी र व्यावसायिक सवारी साधनहरू समेत बनाउने सिट्रोनका धेरैजसो उत्पादनहरू इलेक्ट्रिक वा प्लग-इन हाइब्रिड पावरट्रेनहरू सहित उपलब्ध छन्।
नविन सेवासँगै आफ्नो व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरूलाई केन्द्रमा राखेको सिट्रोन विश्वका ६२०० बिक्री तथा ग्राहक सेवाहरूको संजाल मार्फत १०१ विभिन्न राष्ट्रहरूमा फैलिएको छ।