प्युजो र सिट्रोन गाडी किन्नका लागि नबिल बैंकले सहजै कर्जा दिने भएको छ ।
प्युजो र सिट्रोन गाडीको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडी किन्नका लागि नबिल बैंकले कर्जा दिने भएको हो ।
बैंक र सांग्रिला मोटर्स बीच भएको सम्झौँता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरु खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।
दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट प्रबन्धक सचिन अमात्य र सांग्रिला मोटर्स प्रालिको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौँतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरु खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।
समझौता अनुसार सुविधाहरू सजिलो उपलब्ध हुनेछ ।सो योजना अन्तर्गत नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण अहिले नबिल बैंकको देशभर रहेका २४८ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ ।
सांग्रिला मोटर्सका सबै आधिकारिक ब्रिक्रेता र नबिल बैंकका सबै शाखाहरुबाट सो योजना अन्तर्गतको सुविधा नेपाल भरी लागु हुने बताइएको छ ।