सांघाई अटो एक्सपो २०२३ मा इलेक्ट्रिक कारहरुको प्रर्दशन हुने

विश्वको सबैभन्दा ठूलो मध्ये एक मानिने सांघाई अटो एक्सपो दुई दिनपछि शुरु हुँदैछ । ४ वर्षपछि चीनमा आयोजना हुन लागेको सबैभन्दा ठूलो इभेन्टलाई अवलोकन गर्न विश्वभरका अटो पारखी सांघाई पुग्ने अनुमान गरिएको छ ।

विश्वको सबैभन्दा ठूलो अटो हबका रुपमा स्थापित चीनले पछिल्लो समय ग्रिन इनर्जी भेइकलको क्षेत्रमा सबैभन्दा बढी सफलता हात पार्दै गएको छ । इलेक्ट्रिक भेइकलको उत्पादन गरी विश्व बजारमा आफ्नो अधिपत्य जमाउन चीनका इभी निर्माताहरु सफल बनिरहेका छन् ।

एक्सपोमा चीन सहित विश्वका स्थापित ठूला अटोमोबाइल ब्रान्ड र स्टार्टअप कम्पनीका नयाँ उत्पादनलाई पहिलोपटक प्रदर्शनीमा राखिने भएको छ । कतिपय नयाँ इलेक्ट्रिक कार एक्सपो मार्फत नै सार्वजनिक गरिने समेत तयारी भइरहेको छ ।

फक्सवागनले पहिलोपटक बजारमा आउने तयारी भइरहेको आइडी७ लाई एक्सपोमा राख्ने भएको छ । सिंगल चार्जमा ४३५ माइल रेन्ज दिने यो नयाँ इलेक्ट्रिक कारले टेस्ला मोडल३ संग प्रतिस्पधा गर्ने जनाइएको छ । यो कारको मूल्य ५० हजार पाउन्ड पर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *