काभ्रेमा सवारीसाधनलाई कार्वाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच गरेको छ ।

सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, प्रहरी चौकी काभ्रेभञ्याङको संयुक्त आयोजनामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बिपि राजमार्गमा चल्ने विभिन्न ५४ वटा सवारी साधनको यान्त्रिक परिक्षण गरेको हो ।

यान्त्रिक परिक्षण तथा चेकजाँच कार्यक्रममा २५ वटा सवारीसाधनलाई कार्वाही गरिएको छ । जस बाट २५ हजार जरिवाना संकलन गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

केही दिन अगाडी मात्रै सुरक्षित यात्रा नै, सुरक्षित जीवन हो भन्ने नाराका साथ सवारी चालकहरुको नि:शुल्क स्वास्थ्य परिक्षण गरेको थियो भने आज सोमबार जिल्ला ट्राफिक प्रहरीले ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी साधनको यान्त्रिक अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिलवालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *