सन् २०१७ को सेप्टेम्बर मा सार्वजनिक भएको कम्प्याक्ट एसयूभी टाटा नेक्सनलाई सिप्रदी ट्रेडिङ प्रालिले आधिकारिक रूपमा विक्री वितरण गर्दै आएको छ ।
यस टाटा नेक्सन नेपालमा पनि निकै रुचाइएको मोडल रहेको छ । पछिल्लाे समयमा नेपाली बजारमा इलेक्ट्रिक नेक्सनकाे उच्च माग रहेकाे छ ।
टाटा मोटर्सको भारतको पुणेस्थित राजागाउँ म्यानुफ्याक्चरिङ प्लान्टबाट मंगलबार ५ लाखौं टाटा नेक्सन रोलआउट भएको हो ।
यो गाडी भारतमा सन् २०२०मा फेसलिफ्ट मोडल सार्वजनिकपछि थप चर्चा पाएको थियो । कम्पनीले गाडी सार्वजनिक गरेको साढे ५ वर्षको अवधिमै यो माइलस्टोन पूरा गरेको हो ।
टाटा नेक्सन हरेक उमेर समूहका लागि उपयुक्त रहेको छ । यसले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा फाइभ स्टार रेटिङ पाएको छ ।
टाटा नेक्सन सुरक्षा र विशेषताहरूसँगै स्टाइल र आवरणका कारण पनि विशेष छ ।
टाटा नेक्सनमा पेट्राेल, डिजल, इलेक्ट्रिक गरि तिन वटा पावरट्रेन अप्सन रहेकाे छ । यसमा १२० पीएस र १७० एनएम पिक टर्क उत्पादन गर्ने १.२ लिटर थ्री सिलिन्डर रेभोट्रोन पेट्रोल इन्जिन पाउन सकिन्छ भने १.५ लिटर फोर सिलिन्डर रेभोटर्कक्यु डिजेल इन्जिनले ११० पीएस र २६० एनएम टर्क उत्पादन गर्छ ।
नेक्सनमा टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, थ्री स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल लगायत फिचर्स पाउन सकिन्छ ।