-ध्रुव थापा, अध्यक्ष (नाडा)
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरे।
सवारी साधनहरूलाई सरकारले विलासिताको वस्तुमा वर्गिकरण गरी सोही अनुरुप नीतिहरूको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे।
अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात् ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरू आम सर्वसाधारण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकाले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरूमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु आग्रह गरे।