Skip to content
मारुती सुजुकीले XL6 र Ciaz मोडलको मूल्य परिवर्तन गरेको छ।
सियाज अब रु. ११,००० ले महँगो भएको छ भने XL6 रु. १५,००० ले महँगो भएको छ।
XL6 MPV का सबै भेरियन्टहरुको मूल्य रु. १५,००० ले वृद्धि भएको छ। XL6 1.5-लिटर K15C पेट्रोल इन्जिन द्वारा संचालित छ।
इन्जिनले 102bhp र 137Nm को टर्क उत्पादन गर्छ र यो पाँच-स्पीड म्यानुअल र छ-स्पीड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ।
मारुति XL6 जेटा भेरियन्टमा सीएनजी विकल्पको साथ उपलब्ध छ।
मूल्य परिवर्तन पछि, मारुती सुजुकी XL6 को मूल्य रू. ११.४१ लाखमा पुगेको छ।
सियाज K15B 1.5-लिटर पेट्रोल इन्जिनद्धारा संचालित छ। यसलाई म्यानुअल र अटोमेटिक गियरबक्स दुवैमा पाउन सकिन्छ।
Post Views: 241