मोटरहेड मोटरसाइकलको नेपालका आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले नयाँ वर्ष २०८० लाई लक्ष्यित गर्दै नयाँ अफर ल्याएको छ ।
२०२१ मोडल तथा त्यस मुनिका मोडलहरुमा ‘स्टक क्लियरेन्स’ अफर कायम राख्दै कम्पनीले आफ्ना २०२२ मोडलका बाइकहरुमा ‘सुपर पावर २०८०, यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको’ नामक अफर लागू गरेको हो । सो अफर शुक्रबार देखि प्रारम्भ हुने कम्पनीले बताएको छ ।
सबै प्रकारका खरिद प्रक्रियामा उत्तिकै उत्साहित अफर समेट्दै नगद/फाइनान्स र एक्सचेन्ज खरिद प्रक्रियामा विभिन्न लाभमूलक अफर ल्याएको कम्पनीको भनाइ छ ।
यस अन्तर्गत नगद खरिद गरे वापत ग्राहकले मोटरहेडका कुनै २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट तथा फुल इन्स्योरेन्सको सुविधा लिन सक्ने छन् ।
फाइनान्स खरिदमा आफूले खरिद गरेको बाइकको फुल इन्स्योरेन्स ग्राहकले कम्पनीबाटै सुविधा पाउने तथा सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो बाइकको बजार मुल्याङकनमा कम्पनीबाट थप १५ हजार रुपैयाँको मुल्याङकन अफर स्वरुप प्राप्त गरी नयाँ बाइक लिन सकिने छ ।
यसका साथै खरिद प्रकार जे–जस्तो भए तापनि सो ब्रान्डका बाइक खरिदकर्ताले कम्पनीको तर्फबाट फुल हेल्मेट निःशुल्क पाउने छन् ।
मोटरहेडका स्पोर्ट्स २५०, टेक्कन आर २५०, टेक्कन २५०, एमएच १५०, स्क्र्याम्बलर र एक्स–टर्क गरी ६ मोडल र देशका विभिन्न प्रमुख सहरहरुमा सेल्स, सर्भिस तथा पार्ट्सको सुविधा सहित डिलर रहेका छन् ।