नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा “लिडरसीपको २५ वर्षः बजाज लिडर्स मिट–२०२३” मनाएको छ ।
बजाजले सन् १९९८ देखि नेपाली बजारमा सेवा दिँदै आएको छ ।
नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५ औँ वर्षको रजत उत्सव मनाउन पाउँदा खुशी लागेको बताए ।
‘स्थापनाकालदेखि आज सम्म आइपुग्दा हामीले धेरै लामो यात्रा तय गरेर आएका छौं र हामीले जे हासिल गरेका छौं, त्यसमा मलाई निकै गर्व छ’, उनले भने, ‘हाम्रा कर्मचारीहरू र डिलरहरूको कडा परिश्रम र समर्पण एवम् हाम्रा ग्राहकहरूको अपार माया र निरन्तर साथले गर्दा नै यो सम्भव भएको हो र यसको लागि म वँहाहरु सबैलाई लागि धन्यवाद दिन चाहन्छु ।’