नयाँ वर्ष नयाँ टोयोटा आयोजना गर्दै

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) प्रालिले नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रव्यापी अपग्रेड इभेन्ट ‘नयाँ वर्ष नयाँ टोयोटा’ आयोजना गर्दैछ ।

नजिकिदै गरेको नयाँ वर्ष परिवारको लागि ठूलो उपहार प्राप्त गर्ने उत्तम समय भएको र यसैलाई ध्यान दिएर सो अवसरमा अपग्रेड इभेन्ट आयोजना गर्न लागेको कम्पनीको भनाइ छ ।

सो इभेन्टमा ग्राहकहरूले आफुनो जुनसुकै ब्रान्डको पुराना गाडी ल्याएर राइज, रस, हाइलक्स, कोरोल्ला क्रस हाइब्रिड, फर्चुनर, -याभ फोर हाइब्रिड र ल्यान्डक्रुजर जस्ता नयाँ टोयोटा गाडीमा अपग्रेड हुन सक्ने छन् ।

सो इभेन्ट चितवन, पोखरा, विराटनगर, धनगढी लगायत काठमाडौं उपत्यका भित्र रहेका टोयोटाका सबै आउटलेटमा हुने बताइएको छ ।

सो इभेन्ट आगामी अप्रिल ९ देखि १३ अर्थात चैत २६ देखि ३० गते सम्म हुनेछ ।

सो इभेन्टमा टोयोटाले आफ्ना ग्राहकहरूलाई इजी बैंक फाइनान्स, फ्री रोड ट्याक्स, फ्री इन्स्योरेन्स, सर्भिसमा २० प्रतिशत सम्म छुट जस्ता विभिन्न अफरहरू उपलब्ध गराउँदै आएको छ ।

टोयोटाको भिजन ‘मोबिलिटी फर अल’ लाई समर्थन गर्दै, यूटीएसले ग्राहकहरुका लागि उत्कृष्ट एक्सचेन्ज प्लान र सवारी साधनलाई वृद्धि गर्ने सुनौलो अवसर प्रदान गर्न यो कार्यक्रम ल्याएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *