टीभीएसको नयाँ वर्ष अफर

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष अफर ल्याएको छ ।

सो अफर अन्तर्गत ग्राहकले टीभीएसको जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा नगद छुट, हेल्मेट उपहार, शून्य प्रतिशत व्याजदरको सुविधा र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाउनेछन् ।

मोटरसाइकलमा ८ हजार र स्कुटरमा ७ हजार रुपैयाँ नगद छुटको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

यसैगरी अपाचे सीरीजमा ५ हजार रुपैयाँ मूल्य पर्ने हेल्मेट ग्राहकले निशुल्क पाउनेछन् ।

फाइनान्स सुविधामा वाइक खरिद गर्न चाहने ग्राहकले शून्य प्रतिशत व्याजदरको सुविधा पाउनेछन् ।

ग्राहकले आफूसंग भएको जुनसुकै परानो मोटरसाइकल तथा स्कुटरसंग टीभीएसको नयाँ मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा अतिरिक्त १० हजार रुपैयाँ थप हुने कम्पनीको भनाई छ । यो अफर देशभर रहेका टीभीएस सोरुममा लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *