सिप्रदी टे«डिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुलाई सर्वसुलभ तथा उच्चकोटिको सेवा तथा सुविधाहरु प्रदान गर्ने उदेश्यले बागलुङमा आफ्नो २६ औं शाखा संचालनमा ल्याएको छ ।
उक्त अवसरमा सिप्रदी टे«डिङ्ग प्रालिका प्रमूख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्रि गर्नुको अतिरिक्त कम्पनिको प्रमुख व्यवसायिक लक्ष्य भनेको विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट विक्रिपछिको सेवाहरु प्रदान गर्नु हो ।
ग्राहकको चाहना र आवश्यक्तालाई पहिलो प्राथमिकतामा दिएर हालको अवस्थालाई ध्यानमा राखी सिप्रदीले टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको छ ।
त्यसैगरी टाटा प्रोटेक्ट अन्र्तगतको सेवा तथा सुविधाहरुको माध्यमबाट ग्राहकहरुलाई छिटो सेवा प्रदान गरी गाडी संचालन खर्चलाई न्यूनिकरण गर्नमा विशेष जोड दिदैं आएकोे जानकारी प्रदान गर्नुभयो ।
सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरुलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्नेछन् त्यसको साथै टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशतसम्म र जेन्यूइन आयलमा २५ प्रतिशतसम्मको छुट सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।
टाटा प्रोटेक्ट अन्र्तगत ४ घण्टा भित्र सर्भिसिङका कामहरुको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्र मर्मत कार्यको ग्यारेन्टी प्रदान गर्नेछ यदि नभएमा प्रति दिन रु ११०० का दरले क्षतिपूर्ति पनि प्रदान गर्नेछ ।
त्यसैगरी एक्सिडेन्टल कार्यहरुको लागि नगद रहित विमा दावी सुविधाको साथमा ६० दिन भित्र गाडि मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ ।
ग्राहकहरुको गाडि संचालन खर्चलाई न्यूनिकरण गर्नको लागि विविध खालको ए एम सि सुविधाहरु पनि प्रदान गर्ने छ । अफरोड भएका गाडिहरुको लागि टाटा अर्लट अन्तर्गत ६ घण्टा भित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टा भित्र समाधान गर्नेछ ।
उक्त वर्कशपको शुभारम्भ संगै अब सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज गरि नेपालभरि ५५ वटा सर्भिस सेन्टरहरुबाट टाटा कमर्सियल गाडिहरुको लागि आवश्यक सम्पूर्ण सेवा तथा सुविधा प्रदान गर्नेछ ।
सिप्रदी ट्रेडिङ प्रालिका प्रमूख संचालक अधिकृत राजेश प्रसाद गिरीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरी कार्यक्रमको समापन गर्नुभयो ।