इलेक्ट्रिक स्कुटर महँगो हुन्छ भन्ने भ्रमलाई चिर्दै हिमाल इभि मोटर्स प्रा. लि. ले नेपालमा १ लाख ६० हजारमा मै इलेक्ट्रिक स्कुटर बिक्रि गरिरहेको छ ।
विश्वकै टप ब्राण्ड मध्येमा पर्ने AIMA ब्राण्डको Tiger S5 मोडेलको इलेक्ट्रिक स्कुटरलाई नेपालमा यति सस्तोमा बेचिरहेको हो ।
यसमा २४०० वाटको पिक पावर भएको बोस्क कम्पनीको मोटर दिइएको छ । जसका कारण यसले करिब १३० किलो वजनलाई १५ डिग्री उकालोमा तान्न सक्ने कम्पनीले बताएको छ । हेर्दा सानो भएपनि यसको अधिकतम गति ६४ किलोमिटर प्रतिघण्टा रहेको छ ।
७२ भोल्ट र २० एएचको लिडएसिड बेटी दिइएको यो स्कुटरलाई घरको प्लगमा नै जोडेर करिब ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिने बताइएको छ ।
अगाडि १२ इन्ज र पछाडि १० इन्चको व्हिल दिइएको यो स्कुटरको ग्राउण्ड क्लियरेन्स १६० एमएम भएकाले केहि खराब कण्डिसनको बाटोमा पनि चलाउन सकिने आशा लिन सकिन्छ । यो स्कुटरको अगाडि र पछाडि दुबै व्हिलमा डिस्क ब्रेक दिइएको छ ।
मुल्यको हिसाबले निक्कै सस्तो यो स्कुटर एक पटकको फुल चार्जमा करिब ७५ किलोमिटर गुड्ने कम्पनीले बताएको छ । चलाउने तरिका, सडकको अवस्था तथा चलाउने व्यक्तिको वजनको आधारमा यो स्कुटरले करिब ५० देखि ६० किलोमिटरको रेन्ज दिने मान्न सकिन्छ ।
चिटिक्क र सानो भएका कारण आम नेपाली महिलाहरुको उचाइका लागि निक्कै सजिलो स्कुटरको रुपमा यसलाई लिन सकिन्छ ।
यसको मुल्य रु. १,८४,००० राखिएको भएता पनि अहिले यसमा नयाँ बर्षको स्किम स्वरुप रु. २४,००० छुट दिएर जम्मा १,६०,००० मा बिक्रि गरिरहेको हिमाल इभि मोटर्सका सिइओ गौरव बजाजले बताउनुभयो ।